कात्तिक १४, काठमाडौं : केही दिनयता लगातार बढिरहेको सुनको भाउ हिजो र आज घटेको छ। हिजो र आज गरेर एक हजार सुनको भाउ घटेको छ। आइतबार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो।
आज मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार १ लाख १६ हजार ५०० रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। हिजो पनि छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो।
यस्तै, आज तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख १५ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। हिजो प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।



