२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

५.५८ अङ्कको गिरावटपछि २०७९ को बिन्दुमा नेप्से, ४ अर्बको कारोबार

images

  • २०८१ जेठ २३, बुधबार
  • 531
    SHARES
  • ५.५८ अङ्कको गिरावटपछि २०७९ को बिन्दुमा नेप्से, ४ अर्बको कारोबार

    काठमाडौँ : साताको चौथोकारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक  ५.५८ अंक घटेर २०७९.७१ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.४१ अंक, फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

    आज २ कम्पनीको शेयर सर्किट लेगेको छ जसमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्तको रहेका छन् खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस्तै आज अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर सर्वाधिक ५.५१ प्रतिशत घटेको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो ४ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०६ कम्पनीको ४९ हजार ७ सय ३३ पटकको कारोबारमा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ।

    आज १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशत तथा लघुवित्त उपसमूहको परिसूचक १.३१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ तथा  लगानी उपसमूहको परिसूचक स्थिर रहेको छ। 

    आज ८३ कम्पनीको मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा १९, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब साढे १८ करोड तथा सानिमा माइ हाइड्रोपावरको करिब १७ करोडको शेयर किनबेच भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ