२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंक र युएसएआईडीबीच सम्झौता

images

  • २०८१ जेठ २२, मंगलबार
  • 606
    SHARES
  • प्रभु बैंक र युएसएआईडीबीच सम्झौता

    काठमाडौँ : सोमबार प्रभु बैंक लिमिटेड र युएसएआईडीबीच स्वदेश मै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal” नामक परियोजनाका लागि सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा युएसएआईडीका तर्फबाट प्रतिनिधि माक्स मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ।


    सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

    साथै, लण्डन स्थित दि–फाईनान्सियल टाईम्सले बैँक अफदि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ