२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१९.८९ अङ्कको गिरावटपछि २०६९ को बिन्दुमा नेप्से, ४ अर्ब २१ करोडको कारोबार

images

  • २०८१ जेठ १७, बिहीबार
  • 666
    SHARES
  • १९.८९ अङ्कको गिरावटपछि २०६९ को बिन्दुमा नेप्से, ४ अर्ब २१ करोडको कारोबार

    काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९.८९ अङ्कले ओरालो लागेर २०६९.३ मा सीमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर ३ सय ७० दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो ।

    नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले नौ दशमलव ५० प्रतिशतले कमाएका छन् ।

    पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन सात दशमलव शून्य आठ, बाराही हाइड्रोपावर छ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी पाँच दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ