काठमाडौँ : कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले बिनाधितो बिनाझन्झट २ लाखसम्म तुरुन्तैै कर्जा पाइने कुमारी फोन लोन सुविधा’ ल्याएको हो।
कुमारी बैंकको यस योजना अन्तर्गत क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टहरूले बिनाझन्झट कुमारी मोबाइल बैंकिङ एपमार्फत् नै २ लाखसम्मको फोनलोन सुविधा उपयोग गर्न सक्नेछन्।
यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुने अपेक्षा बैंकले लिएको छ।
विगत २२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर रहेका आफ्ना ३०२ शाखा कार्यालय, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाइहरूमार्फत् आफ्ना ग्राहकहरूलाई प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।



