तनहुँ : गएराति तनहुँको व्यास नगरपालिका-३, दमौलीमा भीषण आगलागी भएको छ ।
दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।
प्रहरीका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूणर्रुपमा नियन्त्रणमा आएको थियो। विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्य बराबरको भौतिक क्षति भएको प्रहरीले जानकारी दिनुभयो। आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



