२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

images

  • २०८१ जेठ ६, आइतबार
  • 1.1K
    SHARES
  • ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

    काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाहगर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।


    उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथाउक्तकम्पनीकाआधिकारीक बिक्रेताले बिक्रीगर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियम अनुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहज रुपमा सवारी साधनकर्जा प्रवाह गर्नेछ। 


    ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाहगर्दै आएको छ। आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।


    उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि.का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्याश्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। 


    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखाकार्यालय, ३७९ एटिएम, २७७शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भितगरिरहेको छ । 


    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ