२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

images

  • २०८१ वैशाख ३१, सोमबार
  • 556
    SHARES
  • हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

    झापा : हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ। झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो।

    बिर्तामोडले नगरभित्रका ९९.१८ प्रतिशतलाई मानिसलाई औषधि सेवन गराउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो। बिर्तामोडको कूल जनसङ्ख्या १ लाख २० हजार ३ सय ३८ मध्ये १ लाख १० हजार ३ सय ५५ लाई ओषधि खुवाउने लक्ष्य लिएको थियो। 

    नगरपालिकाले लिएको लक्ष्यभन्दा धेरै जनालाई औषधि सेवन गराउन सफल भएको नगरपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा १.९ प्रतिशत अर्थात् १०९ प्रतिशतलाई औषधि सेवन गाइएको हो। 

    “बिर्तामोडले निर्धारण गरेको लक्ष्यमा औषधि खान नमिल्ने जनसङ्ख्यालाई कटाइएको थियो। त्यसलाई आधार मान्दा लक्ष्यभन्दा बढीलाई औषधि सेवन गराइएको छ”, फोकल पर्सन सापकोटाले भन्नुभयो, “जिल्लाको कूल जनसङ्ख्यालाई आधार मानेर प्रतिशत निकाल्ने गरिएको छ। नगरले औषधि खान मिल्नेलाई मात्रै आधार मानेर औषधि खानेको सङ्ख्यालाई प्रतिशतमा निकालेकाले १.९ प्रतिशत देखिएको हो।”

    अभियान अन्तर्गत १० वटा वडा रहेको बिर्तामोडमा वडा नं १ मा १० हजार ८ सय ८१, वडा नं २ मा १२ हजार ६ सय ५५, वडा नं ३ मा ११ हजार ६ सय १९, वडा नं ४ मा १४ हजार ७ सय ९३ र वडा नं ५ मा २४ हजार २३ जनाले औषधि सेवन गरेका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो।

    त्यस्तै वडा नं ६ मा ७ हजार १ सय ३४, वडा नं ७ मा ८ हजार ३ सय ५६, वडा नं ८ मा ६ हजार ६ सय ६९, वडा नं ९ मा ५ हजार ६ सय ४२ र वडा नं १० मा ८ हजार ५ सय ८३ जनाले आमऔषधि सेवन कार्यक्रम अन्तर्गत ओषधि सेवन गरेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

    अभियानका क्रममा भद्रपुर नगरपालिकामा सबैभन्दा कमले औषधि सेवन गरेका पाइएको छ। वैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालित अभियानमा भद्रपुरले ४४.२७ प्रतिशत औषधि सेवन गराएको नगरपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार मेचीमा ७७, अर्जुनधारामा ७४, कनकाईमा ८५, शिवसताक्षीमा ८४, दमकमा ७० र गौरादह नगरपालिकामा ६२ प्रतिशतलाई औषधि सेवा गराइएको छ।

    त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा ९०, कमलमा ६७, गौरीगञ्जमा ७७, झापामा ७५, बाह्रदशीमा ८५, हल्दिवारीमा ७० र कचनवकल गाउँपालिकामा ८४ प्रतिशत नागरिकले औषधि सेवन गरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्राकोटीले जानकारी दिनुभयो। 

    उहाँका अनुसार सबै पालिकाको लक्ष्य ८० प्रतिशत रहेकामा २० प्रतिशतलाई सेवन गर्न नमिल्ने समूहमा गणना गरिएको थियो। सबै पालिकाको ८० प्रतिशत नतिजा भनेको करिब शतप्रतिशत रहेको बाह्राकोटीको भनाइ छ। 

    अभियानको १५औँ दिनसम्ममा झापामा ८ लाख ४ हजार ७ सय ३७ जनालाई औषधि सेवन गराइएको हो। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले झापासहित सात जिल्लामा हात्ती पाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ