काठमाडौँ : वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन्। सोही व्याजदर अुनसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको हो।
बैंकरूमा बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण ब्याजदरहरू समायोजन भइरहेका छन्। बैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७.१४ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका १९ बैंकहरुले, जेठ महिनामा औषतमा ७.०६ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। औसतमा हेर्दा १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटेको हो। साथै, औसतमा हेर्दा संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ०.०७ प्रतिशत विन्दुले घटेको छ।
सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै ब्याजदर कायम राखेका छन्। वैशाखकै ब्याजदर कायम राखेनेमा लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंक रहेका छन्।
यस्तै, ९ बैंकले भने ब्याजदर घटाएका छन्। व्याजदर घटाउनेमा एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंक रहेका छन्। जेठको लागि ३ बैंकले भने ब्याजदर सामान्य बढाएका छन्। ब्याजदर बढाउनेमा एनआइसी एशिया, प्रभु र ग्लोबल आइएमइ बैंक छन्।
अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ। सो दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ। सो बैंकले व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिनेछ।
जेठको लागि बैंकहरूले प्रकाशित गरेको मुद्दती निक्षेपको अधिकतम ब्याजदर:
| बैंकको नाम |
वैशाखको लागि ब्याजदर (प्रतिशतमा) |
जेठको लागि ब्याजदर (प्रतिशतमा) |
| एभरेस्ट | ७ | ६.५ |
| लक्ष्मी सनराइज | ७ | ७ |
| नबिल | ७.२५ | ६.७५ |
| नेपाल | ६.७५ | ६.७५ |
| इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
| प्रभु | ७ | ७.५ |
| सानिमा | ७.१ | ६.९ |
| सिद्धार्थ | ७.२५ | ७ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| एनएमबी | ७.९७ | ७.८ |
| एनआईसी एसिया | ७.७५ | ७.८ |
| हिमालयन | ७.५ | ७.५ |
| ग्लोबल आईएमई | ७ | ७.५ |
| कुमारी | ७.२६ | ७.२६ |
| माछापुच्छ्रे | ७.२५ | ७.२५ |
| सिटिजन्स बैंक | ७.५ | ७ |
| प्राइम | ७.१ | ७ |
| राष्ट्रिय वाणिज्य | ६.५५ | ६.४ |
| एसबीआई | ६.५३ | ६.३९ |



