काठमाडौँ : चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा महँगी ४.६१ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ।
चैत महिनामा काठमाडौँ उपत्यकाको महँगी ४.०६ प्रतिशत छ । यस्तै, तराईको महँगी ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको महँगी ४.३२ प्रतिशत रहेको छ।



