२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२३ औँ वार्षिक उत्सवको नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 796
    SHARES
  • २३ औँ वार्षिक उत्सवको नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। यही मिति २०८१ साल वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरिएको हो।

    उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभान्वित भएका छन्। शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरू गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।


    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समय समयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेको हुनाले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो।

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हाल काठमाडौँमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रूपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। स्वास्थ्य शिविरमा ५ सय ३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए। जसमध्ये ४ सय ९० जनाले रक्तचाप परीक्षण, ३ सय ९३ जनाले लिपिड प्रोफाइल, ३ सय ३३ जनाले ईसीजी परीक्षण र ४ सय ५० जनाले डाक्टरसँग परामर्श लिएका थिए।

    यस किसिमको कार्यक्रमले कम्पनी र कम्पनीका विभिन्न सरोकारवालाहरूको सम्बन्ध प्रगाढ हुने र स्वास्थ्यप्रति संवेदनशीलता एवं नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ