कात्तिक १३,पोखरा : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ। नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आउनुभएको हो। गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो।
उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गर्नुभयो।



