२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’ कार्यक्रम

images

  • २०८१ वैशाख २२, शनिबार
  • 436
    SHARES
  • तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’ कार्यक्रम

    दमौली : वातावरण प्रदूषणलाई विद्यालयस्तरबाटै न्यूनीकरणमा योगदान गर्ने लक्ष्यसहित तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’ कार्यक्रम सुरूगरिएको छ। 

    जिल्लाको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका विद्यालयमा ग्रीन आर्मी कार्यक्रम सुरूगरिएको कार्यक्रमका जिल्ला संयोजक वसन्त पौडेलले जानकारी दिनुभयो। बन्दीपुर गाउँपालिकास्थित पवित्रा माध्यमिक विद्यालयबाट करिब ५० विद्यार्थी र भानु माध्यमिक विद्यालयबाट ५० विद्यार्थी गरी एक सय विद्यार्थी ग्रनी आर्मी कार्यक्रममा समावेश भएका छन्।  

    यस्तै, भानु नगरपालिकाको १३ वडाका २३ विद्यालयबाट करिब १ हजार जना विद्यार्थी कार्यक्रममा समावेश गरिएका पौडेलले जानकारी दिनुभयो। ग्रीन आर्मी कार्यक्रम अहिले देशका ४८ जिल्लामा सञ्चालन भएको ग्रीन आर्मी नेपालका चिफ मार्सल सविन शर्माले जानकारी दिनुभयो।

    उहाँले विद्यालयहरूमा ग्रीन आर्मी अध्याय गठन गरी बढ्दो वातावरण प्रदूषणलाई विद्यालयस्तरबाटै न्यूनीकरण गर्ने, हरित विद्यालय हरित समुदाय, स्वावलम्बी सोच, जनस्वास्थ्य, प्राथमिक उपचार, पिटी—परेड, आत्मरक्षा क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, कलात्मक क्षमता विकास, विपद् व्यवस्थापनसम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तथा अन्य सीपमूलक कार्यक्रम गरिने शर्माको भनाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ