२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सीआइबीले बुझायो प्रतिवेदन : १ अर्ब २ करोड बिगो मागदाबी, जीवी राई सहित २४ जना प्रतिवादी करार

images

  • २०८१ वैशाख २, आइतबार
  • 551
    SHARES
  • सीआइबीले बुझायो प्रतिवेदन : १ अर्ब २ करोड बिगो मागदाबी, जीवी राई सहित २४ जना प्रतिवादी करार

    काठमाडौँ : बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जितसिंह राठौरले बताउनुभयो।

    ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ। १ अर्ब २ करोड मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको एसपी राठौरले जानकारी दिनुभयो।

    सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवम् पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईं पाण्डे, दिपक न्यौपाने र नीता थापामगर पक्राउ परेका छन्। ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ। पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन्।

    सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन्। उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ