२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत 'हिमडमरु' उपाधिसहित सम्मानित

images

  • २०८० चैत २९, बिहीबार
  • 491
    SHARES
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेत 'हिमडमरु' उपाधिसहित सम्मानित

    काठमाडौँ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ। 

    साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताउनुभयो। यसको असर न्यूनीकरणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ।

    हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो। वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो। 

    कार्यक्रममा अध्यक्ष बस्नेतले पृथ्वी बच्यो भने मात्रै हिमाल बाँच्ने र मानवजाति बाँच्ने उल्लेख गर्नुभयो। “हिमाल बाँचेमात्रै, जल रहन्छ, पर्या–पर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन्। त्यसैले हामी हिमाल बचाउनतिर लागौँ”, उहाँले भन्नुभयो। बस्नेतले देशको सम्पदा, भाषा, संस्कृति, रहनसहन, वेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गर्नुभयो। विश्वभरका मान्छे, नेपाल, ताल, जङ्गल र हिमाल हेर्न आउने गरेको बताउनुभयो। 

    बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्रसमेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएका थिए। 

    साहित्यकार घिमिरेले अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमार्फत लामो समयदेखि समृद्धिका पक्षमा काम गरेकोमा प्रशंसा गर्नुभयो। सगरमाथा आरोही शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन रुचिबारे आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाउनुभयो। 

    सङ्घका अध्यक्ष राधेश्याम लेकालीले भाषा, साहित्य, सम्पदा, संस्कृति जोगिएमात्र राष्ट्रसमुन्नति हुने भएकाले पत्रकारिताको ध्यान त्यसतर्फ जानुपर्ने बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ