२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ह्याम्स अस्पतालद्वारा ‘संवाद श्रृङ्खला–१’ संञ्चालन गर्दै

images

  • २०८० चैत २९, बिहीबार
  • 756
    SHARES
  • ह्याम्स अस्पतालद्वारा ‘संवाद श्रृङ्खला–१’ संञ्चालन गर्दै

    काठमाडौं : हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पताल एक विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल हो। सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्बाराहीमा अस्पताल संचालन सम्बन्धी अन्तराष्ट्रिय मापदण्ड पूरा गरी भूकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

    विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ। सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकीय सेवा प्रदान गर्दै स्वास्थ्य उपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य हो।

    कोभिड–१९ महामारीले देशको समग्र स्वास्थ्य पूर्वाधारलाई नै ठूलो दबाब दिएको समयमा यस अस्पतालले विश्वस्तरीय सेवा प्रदान गर्दै जनताको विश्वास जित्न सफल भएको छ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठ्न पाठन भइरहेको छ। क्रिटिकल केयर नर्सिङ्गको तालिम नियमित रुपमा भइरहेको छ। यसका साथै चिकित्सा विज्ञान सम्बन्धी विभिन्न विषयहरुमा अनुसन्धान तथा शोधपत्र प्रकाशित भएका छन्।

    आजको दिनमा मुलुकको स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या तथा चुनौतीहरु विद्यमान रहेका छन्। जनस्वास्थ्य सँगै प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरुको बारेमा बृहत छलफल तथा बहस आवश्यक रहेको छ। तसर्थः ह्याम्स अस्पतालले नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोधगर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सोही अनुरुप यही २०८० साल चैत्र ३० गते विहान १०ः३० बजे देखि होटल अकामा, धुम्बाराहीमा ‘संवाद श्रृङ्खला–१’ संचालन गर्न लागेको छ।

    तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्य सहित सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

    संवादका विषयहरु निम्न अनुसार छन् ।


    १.पहिलो सत्र  : ‘भेप-ई–सिगरेट : बढ्दो गंभीर स्वास्थ्य चुनौती’
    २.दोस्रो सत्र : ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’
    ३.तेस्रो सत्र : पहिलो २ सत्रको सारंश तथा माननीय उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट प्रमुख मन्तव्य 

    यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कार्यार्थ पेश गरिने छ। प्रत्येक वर्ष यस्ता संवाद कार्यक्रम नियमित रुपमा संचालन गर्न ह्याम्स कटिबद्ध छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ