२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार

images

  • २०८० चैत २९, बिहीबार
  • 1.1K
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार

    काठमाडौँ : लगातार उकालो लागेर कीर्तिमान कायम गरेको सुनको मूल्यमा आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ६ सय कायम भएको छ। बुधबार छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु २ सयले गिरावट आएको हो। 

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले घटेर रु १ लाख ३५ हजार ९ सय ५० निर्धारण भएको छ। बुधबार तेजाबी सुन रु १ लाख ३६ हजार १ सय ५० निर्धारण भई कारोबार भएको थियो।

    यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ७ सय  निर्धारण भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ