काठमाडौँ : प्रभु बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकले आउँदो वैशाख २० गते काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेटबाट सुरु हुनेछ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ।
यो पटक बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभाशं नदिने भएको छ।
सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ४ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ। अर्थात वैशाख ३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन्।



