२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी विकास बैंकको घर कर्जा योजना : महिलालाई विशेष छुट र २ करोडसम्म ऋण लिन पाइने

images

  • २०८० चैत १८, आइतबार
  • 1.2K
    SHARES
  • महालक्ष्मी विकास बैंकको घर कर्जा योजना : महिलालाई विशेष छुट र २ करोडसम्म ऋण लिन पाइने

    काठमाडौं : महालक्ष्मी विकास बैंकले आफ्नो सस्तो ब्याजदरको घरकर्जा योजनालाई परिमार्जन गरि थप परिस्कृत गरेको छ  बैंकले घरकर्जा योजना भित्र नै ‘आफ्नै घरको खुसी अब एक कदम नजिक’ योजना ल्याएको हो । फागुन १ गते बाट ल्याईएको यस योजनामा नयाँ सुविधाहरु थप गरिएको बैंकले जनाएको छ।

    बैंकका अनुसार यस योजनामा यदि कर्जा लिने व्यक्तिको नाममा पहिला कुनै पनि घर जग्गा छैन भने धितो राखेको घर जग्गाबाट आउने जम्मा रकमको ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था रहेको छ। कर्जाको सिमा नेपाल राष्ट्र बैंकको घर कर्जा प्रावधानअनुसार अधिकतम दुई करोडसम्मको रहेको छ।

    बैंकले यो घर कर्जा अन्तर्गत घर–जग्गा खरिद गर्न, घर निर्माण गर्न, घर थप पुनर्निर्माण–मर्मत सम्भार गर्न महालक्ष्मी घरकर्जा अन्तर्गत न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्मको लागि कर्जा दिनेछ। कर्जा तिर्न सजिलो होस् भनेर लामो अवधिको राखेको बैंकले जनाएको छ। बैंकले न्युनतम ५ लाख रुपैयाँ देखि २ करोड रुपैयाँ सम्म ऋण दिन्छ  साथै, यदि कमर्सियल कम्फ्लेक्स बनाउन चाहनेको लागि भने २ करोड भन्दा माथि सम्मको सुविधा बैंकले दिने गरेको छ। बैंकले बार्षिक १०.९९ प्रतिशत व्याजदरमा उक्त रकम ऋण प्रधान गर्छ । बैंकका अनुसार ऋणीले हरेक महिना किस्ता तिर्नु पर्छ। हरेक महिना बराबरी किस्ता हुन्छ।

    यो कर्जा प्रदान गर्दा ऋणीको घर र जग्गालाई धितोको रुपमा राखिएको हुन्छ। घरको चाहि इन्स्योरेन्स पनि गर्नु पर्ने बैंकले बताएको छ। यस कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने छ। साथै, बैंकले महिला ऋणीलाई भने सेवा शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

    के चाहिन्छ कागजात ?

    बैंकका अनुसार यो कर्जा लिनको लागि सहज र सरल तरिका छ। यो कर्जा प्राप्त गर्नको लागि कर्जा लिने व्यक्तिको नागरिकता, पासफोट साइजको फोटो, परिवारको नाता प्रमाणितपत्र, आफुले खरिद गरेको जग्गाको धनि पुर्जा, चार किल्लाको डकुमेन्ट, कर तिरेको रसिद, मालपोत तिरेको रसिद, बनाउन लागेको घरको नक्सा जुन सम्बन्धित स्थानीय निकायबाट स्विकृत भएर आएको हुनुपर्छ, तलबको प्रमाणपत्र, बैंकको स्टेटमेन्ट, कुनै ठाउँमा काम गरेको अनुभव चाहिन्छ। साथै, घरकै एक जना परिवार जमानीको रुपमा बस्नु पर्ने हुन्छ। यति भए पछि बैंकले फाइनान्सीङ गर्न थाल्छ। ग्राहकले यो कर्जा घर नै नबनाइकन सुरु नै नगरिकन जिरो लेवलमा आउदा पनि र घर बनाई सकेपछि विचमा केहि पैसा पुगेन भने पनि बैंकले फाइनान्सीङ गर्ने गरेको छ। आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै बैंकले कर्जा प्रवाह गर्छ।

    यो योजना धेरै ग्राहकहरुले रुचाएको बैंकको भनाई छ । फागुन महिना देखि हाल सम्म आउदा बैंकले २ सय ग्राहकलाई ऋण दिसकेको छ। यो योजनामा अझ अफरहरु ल्याएर अझ राम्रो बनाएर लौजाने उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ। यो योजनाबाट र बैंकले गर्ने काम बाट प्रभावित भएर ग्राहकहरुले राम्रो प्रतिक्रिया दिने गरेको बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ