२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

images

  • २०८० चैत १३, मंगलबार
  • 561
    SHARES
  • भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

    देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो। आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार ६ सय ५ बराबरको बिगो दाबी गरेको छ। 

    यस्तै, देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार ६ सय ५ बराबरको बिगो दाबी गरिएको छ। आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ