२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

images

  • २०८० फागुन २९, मंगलबार
  • 676
    SHARES
  • गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

    सुर्खेत : कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ। प्रदेश वन निर्देशनालयका अनुसार  जडीबुटी निर्यातबाट रु २  करोड ९४ लाख राजस्व सङ्कलन भएको छ। 

    प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिनुभयो। “कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ”, उहाँले भन्नुभयो, “कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ।”

    जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ। कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन्। औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन्। तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ। 

    जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ। उहाँले कर्णाली प्रदेशमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताउनुभयो। निर्देशक कर्णले “यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ। प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्।” कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ