२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पछिल्लो ५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढे

images

  • २०८० फागुन २६, शनिबार
  • 786
    SHARES
  • पछिल्लो ५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढे

    काठमाडौँ : पछिल्लो ५ वर्षमा साइबर अपराधका घटना ६ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३ सय १ निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार ७ सय ८९ निवेदन आएका हुन्। 

    त्यस्तै आव २०७७/७८ मा ३ हजार ९ सय ६, आव २०७८/७९ मा ४ हजार ६ सय ८६ र आव २०७९/८० मा ९ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ। प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १ एक सय ६४, बालिकाका २ सय ४२, महिलाका ५ हजार ७ सय ३तीन, पुरुषका ६ हजार १ एक सय ७७ र अन्यमा ५ सय ३ गरी जम्मा १२ हजार ७ सय ८९ निवेदन प्रधान कार्यालयमा आएका छन्। 

    साइबर ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरूपमध्ये पछिल्लो समय ब्युरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिनुभयो। 

    साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेबसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ