२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्जा सुरक्षण कोषबाट बिना धितो ३ करोडसम्म कर्जा लिन सकिने, युवालाई रोजगारी र उद्यममा जोड्ने उद्देश्य

images

  • २०८० फागुन २२, मंगलबार
  • 1.4K
    SHARES
  • कर्जा सुरक्षण कोषबाट बिना धितो ३ करोडसम्म कर्जा लिन सकिने, युवालाई रोजगारी र उद्यममा जोड्ने उद्देश्य

    काठमाडौँ : निक्षेप तथा कर्जा सुरक्षण कोषले युवालाई रोजगारी र उद्यममा जोड्ने उद्देश्यका साथ विशेष योजना ल्याउने तयारीमा जुटेको बताएको छ। धितो राखेर मात्र कर्जा पाइने परम्परागत बैङ्किङ सोचलाई समेत बदल्ने गरी कोषले ५ लाखदेखि ३ करोडसम्म बिना धितो कर्जा लिन सकिने गरी विशेष योजना ल्याउन लागेको हो। 
     
    कोषले रोजगारमुखी सूचना प्रविधि तालिम कर्जा सुरक्षण, स्मार्ट कर्जा सुरक्षण, व्यावसायिक खेती कर्जा सुरक्षण, स्टार्टअप कर्जा सुरक्षण गरी चार प्रकारका कर्जा सुरक्षण योजना ल्याउन लागेको हो।


    रोजगारमुखी सूचना प्रविधि तालिम कर्जा सुरक्षण योजना अन्तर्गत ५ लाखसम्मको कर्जाको सुरक्षण हुनेछ भने स्मार्ट कर्जामा ३० लाखसम्मको, व्यावसायिक खेती कर्जामा ३ करोडसम्म र स्टार्टअप कर्जामा २५ लाखसम्मको कर्जा सुरक्षण हुनेछ।


    यी सबै कर्जा बैङ्क वित्तीय संस्थामार्फत प्रवाह हुनेछ तर तोकिएको सिमा बराबरको कर्जाको सुरक्षण भने निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ। तर यी सबै प्रकारको कर्जाको लागि सर्तहरू लागू हुनेछन्। तोकिएको सिमा बराबरको कर्जा बैङ्क वित्तीय संस्थामार्फत प्रवाह हुने भए पनि यसका लागि केही सर्तहरू कडा रूपमा लागू गरिएको छ। 


    जस अनुसार प्रत्येक कर्जाको लागि स्थानीय पालिकाको सिफारिस आवश्यक हुनेछ भने सम्बन्धित विषयको कर्जा लिनका लागि व्यक्तिले आवश्यक कागजात तथा प्रक्रिया अनिवार्य पालना गर्नुपर्ने हुन्छ। रोजगारमुखी सूचना प्रविधि तालिम कर्जा प्लस टु सकेर छोटो अवधिको तालिम लिएर सूचना प्रविधिको क्षेत्रमा रोजगारी चाहनेको लागि केन्द्रित रहेको छ। 


    स्मार्ट कर्जा साना तथा मझौला प्रकृतिका उद्योग व्यवसाय गर्न चाहनेका लागि केन्द्रित छ। त्यस्तै, व्यावसायिक खेती कर्जा विशेष गरी विदेशबाट सिप तथा ज्ञान लिएर फर्केका नेपालीको लागि केन्द्रित छ भने स्टार्टअप कर्जा औद्योगिक व्यावसायिक प्रतिष्ठानसँगको सहकार्यमा हुनेछ।


    अहिलेको बेलामा तालिम लिन वा उद्यम व्यवसाय गर्नलाई मानिसहरूसँग रकमको अभाव भएको र कर्जाको लागि धितो अनिवार्य जस्तै गरिएकाले रोगारीको लागि तालिम लिन चाहने वा उद्यम व्यवसाय गर्न चाहनेका लागि बीना धितो कर्जा उपलब्ध गराउनलाई आफूहरू जमानत बसिदिनेगरि यो योजना ल्याइएको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताउनुभयो। उनका अनुसार यी सबै प्रकारका कर्जा बैङ्क वित्तीय संस्थामार्फत प्रवाह हुनेछ।


    कर्जा प्रवाह हुँदा त्यसको जमानत कर्जा सुरक्षण कोष बसिदिनेछ। तर कर्जा प्रवाह हुँदा सम्बन्धित बैङ्क वित्तीय संस्थाले कर्जा सुरक्षण कोषले तोकेको मापदण्ड पुरा गरेको हुनुपर्छ। यी चार विशेष योजनाले नेपालको रोजगारी तथा उद्यम व्यवसायको बजारमा नेपाली युवालाई अडाई राख्ने र नेपालको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउन सघाउने विश्वास लिएको घिमिरेको भनाई छ।


    #निक्षेप तथा कर्जा सुरक्षण कोष

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ