२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्णाली प्रदेश सरकार काँग्रेसका तीन मन्त्रीले दिए राजीनामा

images

  • २०८० फागुन २२, मंगलबार
  • 716
    SHARES
  • कर्णाली प्रदेश सरकार काँग्रेसका तीन मन्त्रीले दिए राजीनामा

    कर्णाली : कर्णाली प्रदेश सरकारका काँग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्त रुपमा राजीनामा बुझाउनु भएको हो। 

    राजनीमा बुझाउनु अघि उहाँहरूले पत्रकार सम्मेलन गर्नुभएको थियो। सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री सिंहले मलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनः गठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताउनुभयो। “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उहाँले भन्नुभयो। 

    सो अवसरमा उहाँहरूले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गर्नुभयो। उहाँहरूले प्रदेश सरकारमा मन्त्रीका रूपमा १० महिना १५ दिन काम गर्नुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ