२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वीरेन्द्रनगरमा जीप दुर्घटना, ९ जना घाइते

images

  • २०८० असोज १३, शनिबार
  • 2.0K
    SHARES
  • वीरेन्द्रनगरमा जीप दुर्घटना, ९ जना घाइते

    असोज १३, काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शनिवार राति ८ बजे तिर वीरेन्द्रनगर देखि चिङ्गाड गाउँपालिका २ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

    प्रहरीका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको र अरु सामान्य रहेका छन्। घाइतेहरुको उपचार मायाँ नर्सिङ्ग होममा भइरहेको छ। घाइते हुनेमा गाडी चालक कृष्ण खड्का, इन्द्रा राना, मिना जिसी, केशव राना, गङ्गा खत्री, नवीन खड्का, नर बहादुर रोकाय, कौसिला बस्नेत र नर बहादुर खड्का रहेका प्रहरीले जानकारी दिनुभयो।

    जीप अनियन्त्रित भएर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ