२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सर्लाहीको मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार

images

  • २०८० असोज १३, शनिबार
  • 1.4K
    SHARES
  • सर्लाहीको मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार

    असोज १३, काठमाडौं : सर्लाहीको मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन्। फरार रहेको एक जना भने खोजी भइरहेको प्रहरीले जानकारी जानकारी दिनुभयो।

    मलंगवा नगरपालिका–२ स्थित नर्सिङ कलेजमा अध्ययनरत दुई युवतीमाथि सामूहिक बलात्कार भएको हो। गत भदौ ३१ गते राति आफूसँगै पढ्ने साथीहरुले बलात्कार गरेको भन्दै पीडितले असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

    एउटै घरमा भाडामा बसेर पढ्दै आएका उनीहरु फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादवको घरमा पार्टी खान गएका थिए। यादवले पार्टीमा बोलाएपछि गएका ती युवतीमाथि सामूहिक बलात्कार गरिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ