२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रियल मड्रिडको संघर्षपूर्ण जित

images

  • २०८० असोज ४, बिहीबार
  • 936
    SHARES
  • रियल मड्रिडको संघर्षपूर्ण जित

    असोज ४,काठमाडौँ : स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणको खेलमा युनियन बर्लिनविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ।

    पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको जर्मन क्लब युनियन बर्लिनमाथि घरेलु मैदानमा रियलले १–० को कठिन जित निकालेको हो।

    रियलको जितमा इंग्लिस मिडफिल्डर जुड बेलिङघमले निर्णायक गोल गरेका थिए। २० वर्षीय बेबेलिङघम यस समरमा क्लबमा आबद्ध भएदेखि म्याड्रिडका लागि ६ खेलमा छैटौं गोल गर्न सफल रहेका छन्।

    ५१ औँ मिनेटमा होसेलुको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । त्यसको नौ मिनेटपछि युनियनका गोलकिपर फ्रेडरिक रोनोले जोसेलुको हेडरलाई बचाएका थिए।

    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिदाँ अतिरिक्त समयको चौथौँ मिनेटमा बेलिङघमले डेडलक तोडेका थिए। सोही गोलले रियललाई अंक बाँड्नबाट जोगायो। जितसँगै रियलले ३ अंग जोडेको छ भन् समूह ‘सी’ को दोस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा नापोलीले ब्रागालाई २–१ ले पराजित गर्‍यो। नापोली समूहको शीर्ष स्थानमा छ।

    यस्तै समूह ‘बी’ को खेलमा प्रिमियर लिग क्लब आर्सनलले पीएसभीमाथि ४ - ० फराकिलो जित हात पार्‍यो। यसै समूहको अर्को खेलमा लेन्स र सेभिया १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। 

    पाँच वर्षअघि जर्मन फुटबलको दोस्रो श्रेणीमा खेलिरहेको युनियनले च्याम्पियन्स लिगको अर्को खेलमा आफ्नो स्पोर्टिङ ब्रागा विरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दा पुनरागमन गर्ने आशा राख्नेछ। म्याड्रिडले सोहि दिन नापोलीको सामना गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ