काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिमा नवनियुक्त २ सञ्चालकले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिनेमा प्रा.डा.रामप्रसाद ज्ञवाली र नारायणप्रसाद रिसाल रहेका छन्। दुवै जना नवनियुक्त सञ्चालक अर्थ मन्त्रालयका सह-सचिव हुन्।
बिहीबार नै एक कार्यक्रमकाबीच नवनियुक्त सदस्यहरूलाई बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् साथै पद बहाली समेत गरिसकेका छन्।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, उप कार्यकारी अधिकृतहरू र कम्पनी सचिव लगायतका कर्मचारी उपस्थिति रहेको थियो।




