२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

images

  • २०८० फागुन १०, बिहीबार
  • 1.0K
    SHARES
  • सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

    काठमाडौँ : उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ। बिहीबार पुनरावेदन मुद्दा दर्ता गरेसँगै अदालतले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको हो। 

    मुद्दाको पहिलो पेसी चैत १२ गते तोकिएको छ। बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए।

    उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन्। जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएको थियो। फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गरेका हुन्।

    हेर्नुहोस् उच्च अदालतको आदेश : 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ