असोज २,काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत वडा तहको समिति चयन गर्ने भएको छ। वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको छ। अद्यावदिक भइसकेका वडाहरूमा उम्मेदवारी दिन पाइने छैन।
रास्वपाको वडा समितिमा ११ (दलित १, महिला ४, ४५ वर्षमूनिका युवा ६) जना हुने व्यवस्था छ। सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ।
असोज २ देखि २० गतेसम्म उम्मेदवार दर्ताका लागि आह्वान गरिएको छ र उम्मेदवारी अनलाइनबाट दिनुपर्ने व्यवस्था गरिएको छ भने उम्मेदवार शुल्क १०० रुपैयाँ तोकिएको छ।
असोज २० गतेसम्म पार्टीको वेबसाइटमा अद्यावदिक भएका वडाहरूमा उम्मेदवारी फिर्ता गराइनेछ। असोज २१ देखि कार्तिक ९ सम्म दावी विरोध र अन्तिम नामावलि प्रकाशन गरिनेछ। कार्तिक १० देखि १६ सम्म वडा समितिका ११ जना (दलित १, महिला ४, ४५ वर्षमूनिका युवा ६) जनाको चुनाव हुनेछ। कार्तिक २० गते नतिजा प्रकाशन हुनेछ।




