२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

images

  • २०८० फागुन ८, मंगलबार
  • 876
    SHARES
  • महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

    पाटन : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नु भएको छ।

    महामन्त्री शर्माले भन्नुभएको छ, “सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्‍याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली काँग्रेस स्पष्ट छ।”

    महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए। त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ।”

    प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गर्नुभएको छ। एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार काँग्रेसको रहेको बताउनुभयो। 

    महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र काँग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताउनु भएको छ। “वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टि र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठुलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमशः समाधान गरेर जाने सङ्कल्प र दृढता राख्नुपर्छ”, उहाँले लेख्नुभएको छ।

    महामन्त्री शर्माले राजनीतिकप्रतिको विकर्षण अन्त्य गरी देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रसँग बृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार काँग्रेसको जिम्मेवारी रहेको बताउनुभयो।

    यदाकदा उग्र राष्ट्रवाद देखिने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले भन्नुभयो, “उग्र राष्ट्रवादका कारण बाह्य लगानीको वातावरणलाई विगतमा परेका असरहरूले छोडेका प्रभावको पृष्ठभूमिमा फेरि त्यस्तो स्थिति आउन नदिन गम्भीर सतर्कता अपनाउन जरुरी छ।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ