काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राष्ट्रिय वाणिज्य बैङ्कको वीरगन्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कनिष्ठ सहायक रोहित कुमार ओझा छन्। नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ।
प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले सत्कार खबरलाई बताउनु भयो। आरोपीबरुद्ध ब्युरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।



