भदौ ३१ काठमाडौं :प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताउनु भएको छ ।
जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको उहाँको भनाई छ ।
वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उहाँले बताउनु भयो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिनु भएको छ। राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उहााको भनाइ थियो ।
विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गर्नु भएको छ ।



