२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८० फागुन ८, मंगलबार
  • 1.1K
    SHARES
  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मङ्गलवार सुनचाँदी दुवैको मूल्य स्थिर भएको छ। हिजो सोमबार प्रतितोला १ लाख १६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि मूल्य सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
     
    त्यस्तै, आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य पनि स्थिर भई प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १९ दशमलव २८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ