२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा निषेध

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.1K
    SHARES
  • पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा निषेध

    भदौ ३१, काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ। 

    हिन्दू नेपाली महिलाको महान पर्व तिजलाई लक्षित गर्दै ४ किल्ला नै तोकेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएको हो। 

    जिल्ला प्रशासन कार्यालयले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै बागमतीदेखि दक्षिण क्षेत्रलाई तोकेको छ। 

    रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ उत्पादन, बिक्री–वितरण, भण्डारण र सेवन गर्न आज देखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएकाे छ। 

    12345-1694917099.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ