भदौ ३१, काठमाडौं : हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आज(आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।
आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने जनाएको छ।
संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ।




