काठमाडौँ : नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। सो अफर फागुन ६ गतेदेखि फागुन १२ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।
सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरूको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ।
जस अनुसार साबिक बमोजिमको फ्री रिसोर्स १ जिबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिम कार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ।
यसै गरी, एफटिटिएच अन्तर्गत ५० एमबिपिएसको इएर्ली वाइ टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ। टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ।
यस अन्तर्गत १ एमबिपिएस अन लिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जिबी, १३ जिबी, २० जिबी र ३० जिबी डेटा प्याकेज तथा ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ।



