काठमाडौँ : आज नेप्सेमा कारोबार हुने २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। २ कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स रहेका छन्। सभा प्रयोजनार्थ एशियन लाइफले फागुन ८ र हिमालयन रिले फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् भने भोली (फागुन ७ गते) प्रजातन्त्र दिवसको बिदा पर्ने भएकाले आजसम्म कायम शेयर धनीले मात्र लाभांश पाउनेछन्।
एशियन लाइफ इन्स्योरेन्स लिमिटेड :
गत आर्थिक वर्षको मुनाफाबाट एशियन लाइफले शेयर धनीलाई ७.७५ प्रतिशत बोनस शेयर र ०.४० प्रतिशत नगद (कर प्रयाजनार्थ) लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले फागुन १८ गते होटल क्लासिक सिमरा, बारामा बिहान ११ः ३० बजेदेखि सुरु गर्ने गरी वार्षिक साधारण सभा डाकेको छ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेड :
गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन रिले शेयर धनीलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न कम्पनीले फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि बस्ने गरी वार्षिक साधारण सभा डाकेको छ।



