२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

images

  • २०८० फागुन ४, शुक्रबार
  • 1.2K
    SHARES
  • पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

    काठमाडौँ : सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। शुक्रवार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा २/२ रुपैयाँ बढाएको जानकारी दिएको छ।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आई ओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा एक रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

    निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि(२०८० अनुसार आई ओसीले पठाएको मूल्यमा नेपाली बजारको मूल्य तय गरिएको जनाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्ग विभाजन गरेको छ।

    पहिलो वर्गमा चार आली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५७ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५९ रुपैयाँ पर्नेछ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७२ रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १६० रुपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको भाउ भने यथावत् छ। अहिले देशभर ग्यासको मूल्य  १ हजार ९ सय १० रुपैयाँ भएको छ।

    May be an image of text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ