२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एमालेले नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने

images

  • २०८० भदौ २६, मंगलबार
  • 596
    SHARES
  • एमालेले नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने

    भदौ २६,काठमाडौं : एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।

    साथै औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत एमालेले गरेको छ। आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दुःख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको बताउनु भयो। 

    ‘हाम्रा उपाध्यक्ष सुवास नेम्वाङको गए राति १ बजेर ५० मिनेटमा हृदयघातबाट निधन भएको शोकको घडीमा सचिवालय बैठक बसेको हो, ’उहाँले भन्नु भयो, ‘उहाँप्रति बैठकले श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ।’

    नेम्वाङले हरेक भूमिकामा आफूलाई खरो सावित गरेको ज्ञवालीको भनाई छ । ज्ञवालीका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ।

    ‘पार्टीका सबै औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित भएको छ’। ‘असोज २ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको उहाँले बताउनु भयो। नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उहाँको भनाई छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ