२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
वित्तीय विवरण

नेपाल टेलिकमको नाफा र ईपीएसमा गिरावट, ६ महिनामा ३ अर्ब ९३ करोड करोड मात्र नाफा

images

  • २०८० फागुन १, मंगलबार
  • 1.1K
    SHARES
  • नेपाल टेलिकमको नाफा र ईपीएसमा गिरावट, ६ महिनामा ३ अर्ब ९३ करोड करोड मात्र नाफा

    काठमाडौँ : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा घटेको छ।

    कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफामा ७.६० प्रतिशतको सङ्कुचन आएको छ।

    कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाख रुपैयाँबाट बढेर ४४ करोड ६४ लाख रुपैयाँको उचाइमा पुगेको छ। पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ वित्तीय आम्दानी गरेको छ भने अघिल्लो वर्ष सोही अवधिसम्म आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँ भएको थियो। सञ्चालन र वित्तीय आम्दानी घट्दा पनि कम्पनीको नाफा प्रभावित भएको हो।

    अघिल्लो वर्षको पुस मसान्तसम्म तुलनामा समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन र वित्तीय आम्दानी दुवै घटेको छ। अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने यस आर्थिक वर्षको सोही अवधिमा घटेर १७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ।

    कम्पनीको हालको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ साथै  कम्पनीको रिजर्भमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २१.९९ रुपैयाँ र प्रति शेयर नेटवर्थ २३०.०१ रुपैयाँ रहेको छ।

    अघिल्लो वर्ष ४७.२८ रुपैयाँ ईपीएस रहेको टेलिकमको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ४३.६८ रुपैयाँमा  झरेको छ। साथै, पिई रेसियो २०.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ