२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड

images

  • २०८० भदौ २४, आइतबार
  • 751
    SHARES
  • माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड


    भदौ २४,काठमाडौं :माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटलमा आइतबार बाँडफाँड गरिएको हो ।

    कम्पनीको आइपीओ गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

    आइपीओमा १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५ सय कित्ताको लागि आवेदन माग भएको थियो । जसमध्ये ८ लाख ७५ हजार ४१८ आवेदकबाट ९४ लाख ५३ हजार २८० कित्ताको माग सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड ९सिडिएससि० को सिस्टमबाट स्वीकृत भएको थियो ।

    स्वीकृत आवेदकमध्ये २५ सय ८१ वटा आवेदन रित पूर्वक नपरेका कारण रद्ध गरिएको प्रभु क्यापिटलले जनाएको छ । सो पश्चात् कायम हुन आएको ८ लाख ७२ हजार ८३२ आवेदनबाट परेको ९४ लाख १७ हजार ८७० लाई बाँडफाँडमा सहभागी गराइएको थियो । 

    माण्डु हाइड्रोपावरले भदौ १० गतदेखि १२ लाख पाँच हजार ३२० कित्ताको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ