२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
२९ औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४

क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

images

  • २०८० माघ २८, आइतबार
  • 2.2K
    SHARES
  • क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

    काठमाडौँ : भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठुलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’ मा प्रदर्शनीकर्ता कम्पनीहरू बिच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ। शनिवार प्रदर्शनीको तेस्रो दिन सकिँदा इन्फोटेक थप प्रविधिमयी बनेको हो।

    यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्रान्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन्। प्रदर्शनी स्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देश विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन्। साथै ग्राहकका जिज्ञासा एवं गुनासाहरू पनि स्टलबाटै समाधान गरिरहेका छन्।

    CAN Info-Tech.jpeg

    नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ। विशेष गरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

    शनिवार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो। रोबोटका निर्माता टिममा सदस्य विक्रान्त कार्कीले मानिसहरूबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए। यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषाहरू एकीकृत गर्ने गरी काम भइरहेको समेत उनले जानकारी दिए।

    त्यस्तै इन्फोटेकको अवसर पारी विभिन्न सेवा प्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन्। यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन्।

    Tech.jpeg

    क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक सङ्घसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटर पम्प लगायतका प्रविधिहरूमा अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ। त्यस्तै क्यान इन्फोटेकको सह प्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ।

    इन्फोडेभलपर्स प्रालिले आफ्ना सहकारीका लागि चाहिने कोर बैङ्किङ सफ्टवेयर तथा मोबाइल बैङ्किङ सफ्टवेयर तथा बैङ्क तथा वित्तीय संस्थाहरूका लागि बजेट, रिकन्सिलेसन सफ्टवेयर लगायतमा ७५ प्रतिशतसम्म छुट घोषणा गरेको छ। त्यस्तै पेनाहक टेक्नोलोजी विभिन्न सफ्टवेयर सोलुसन्समा ५० प्रतिशतसम्म छुट दिइएको छ।

    त्यसै गरी आठ हजारभन्दा बढी ग्राहक भएको हाइटेक सोलुसन्सले आफ्नो बिजनेश अकाउन्टिङ ईआरपीमा पनि क्यान इन्फोटेक अवधिभर भारी छुट दिने घोषणा गरेको छ। मर्कन्टाइल अफिस सिस्टमले प्रदर्शनीमा राखेका निट्रो, प्रिडेटर लगायतका एसर गेमिङ नोट बुकमा पनि अवलोकर्ताले विशेष चासो देखाएका छन्।

    शनिवार डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको स्टलमा कम्पनीका ब्राण्ड एम्बास्डर एवं महानायक राजेश हमाल आउँदा क्यान इन्फोटेकको माहोल थप बढेको थियो। साथै महानायक हमालले अन्य स्टलमा समेत पुगी नेपालमा उपलब्ध पछिल्ला प्रविधिका साथै युवाका उत्पादन एवं आविष्कारको प्रत्यक्ष अवलोकन गरेका थिए। 

    CAN Info-Tech 2024.jpg

    आयोजक क्यान महासङ्घले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रूपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधि प्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ।

    प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको सङ्ख्या पनि उल्लेख्य रहेको क्यान महासङ्घका अध्यक्ष रण जीत पोदारले बताए। उनका अनुसार क्यान इन्फोटेकमा स्टार्टअप तथा इनोभेसन प्याभिलियनमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ। डिजिटल नेपाल निर्माणका लागि सर्वसाधारणलाई प्रविधिबारे सचेतना गर्न तथा यस क्षेत्रमा प्रोत्साहन गर्न इन्फोटेकले आधारशिलाको काम गरेको उनको भनाइ छ।

    करिब १५० स्टल रहेको इन्फोटेकमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैङ्किङ सोलुसन, सिसिटिभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन्। त्यसै गरी, आईटी कलेज, बैङ्क, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीका आकर्षणको रूपमा रहेका छन्।

    क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्ने क्रम जारी छ। यसअन्तर्गत शनिवार नेपाल सरकारका पूर्व मुख्य सचिव लिला मणि पौडेल, पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू, कलाकार तथा सूचना प्रविधि प्रेमीले मेला अवलोकन गरेका थिए। 

    सो क्रममा प्रविधिको विकास र विस्तारका लागि इन्फोटेक साझा प्लेटफर्म बनेको प्रतिक्रिया दिए। साथै नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत तवरबाटै प्रोत्साहन हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए। क्यान इन्फोटेक सोमबार (माघ २९) सम्म सञ्चालन हुनेछ।

    क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजन एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ। प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ (S-power CAN Info-Tech 2024 in association with HMC DAHUA) रहेको छ। 

    त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन्। त्यस्तै, सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि (Incessant Rain)रहिमकम एनटेक रहेका छन्। 

    प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

    त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्यालकेट बार एन्ड इभेन्टसर फाइबसाइटसोलुसन प्रा लि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट प्रा.लि., स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सिसिटिभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रालि रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ