२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालको पाँच वर्षे ‘पार्टनर सीप फ्रेम वर्क’ बनाउँदै विश्व बैङ्क

images

  • २०८० माघ २६, शुक्रबार
  • 1.2K
    SHARES
  • नेपालको पाँच वर्षे ‘पार्टनर सीप फ्रेम वर्क’ बनाउँदै विश्व बैङ्क

    काठमाडौँ : राष्ट्रिय योजना आयोग र विश्व बैङ्कबिच ‘कन्ट्री पार्टनर सीप फ्रेम वर्क’का विषयमा छलफल भएको छ। विश्व बैङ्कले नेपालका लागि बनाइरहेको आगामी पाँच वर्षे ‘कन्ट्री पार्टनर सीप फ्रेम वर्क’बारे आज छलफल गरेको हो। 

    छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैङ्कलगायत विकास साझेदारहरूका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो। विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै उहाँले सबै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिन नहुने बताउनुभयो। 

    “पुराना कतिपय सफल नभएका कार्यक्रमहरूलाई बन्द वा पुनः संरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बर्नाउनुपर्छ” उपाध्यक्ष डा. श्रेष्ठले भन्नुभयो, “यसका लागि विश्व बैङ्कको सहयोग अपेक्षा गरिएको छ।” 

    विश्व बैङ्ककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैङ्कको कन्ट्री पार्टनर सीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ