२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

“नवौँ नेपाल फर्मा एक्स्पो २०२४'' फागुन २५ देखि, स्टल बुकिङ सकिँदै

images

  • २०८० माघ २६, शुक्रबार
  • 1.4K
    SHARES
  • “नवौँ नेपाल फर्मा एक्स्पो २०२४'' फागुन २५ देखि, स्टल बुकिङ सकिँदै

    काठमाडौँ : नेपाल औषधि उत्पादक सङ्घ (एप्पोन) ले ‘नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाइ’ भन्ने नाराका साथ फागुन २५ देखि २७ गतेसम्म चितवनमा हुन गइरहेको को नवौँ नेपाल फर्मा एक्स्पो–२०२४ का स्टलहरू थोरै मात्र बाँकी रहेको आयोजकले जानकारी गरेका छन्।

    नवौँ एक्स्पोमा १५९ ओटा स्टल रहेका मध्ये अब ८/१० ओटा मात्र रहेको जानकारी प्राप्त भएको छ। मेलामा अहिलेसम्म भारतका १२० भन्दा बढी स्टल, चीन र बङ्गलादेशबाट १/१ स्टल र अरू नेपाली औषधी उत्पादक कम्पनी, प्याकेजिङ, फार्मेसीका स्टलहरू रहनेछन्। बुकिङको कार्य अन्तिम चरणमा पुगेको छ।

    यस पटकको मेला विगतको भन्दा अझै भव्य तरिकाले हुन लागेको आयोजकले जानकारी दिएका छन्। मेला नेपालको मध्य भाग चितवनमा हुनुले औषधी उत्पादक सङ्घ र छिमेकी देश भारतबाट आउनेहरूका लागि सजिलो होस् भनेर चितवनमा हुँदै आएको छ। चितवन र नवलपरासीमा नेपाली औषधी उत्पादन गर्ने कम्पनीहरूको धेरैजसोको फ्याक्ट्री पनि रहेको छ।

    नेपाललाई औषधीको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विसं २०४६ मा स्थापना गरिएको नेपाल औषधि उत्पादक सङ्घले स्वदेशी औषधी उद्योगहरूको छाता सङ्गठनको रूपमा कार्यरत छ। नेपालमा औषधी उत्पादन गर्ने ७५ वटा औषधी उद्योगहरू सदस्य रहेको नेपालमा औषधी उद्योगको दिगोपना, बुद्धि र विकास गर्ने मुख्य उद्देश्यका साथ नेपाल औषधी उत्पादक सङ्घले नेपाल फर्मा एक्स्पो गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ