२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
२९ औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४

आजदेखि भृकुटीमण्डपमा पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू,‘कान्छी’ रोबट सार्वजनिक हुने

images

  • २०८० माघ २५, बिहीबार
  • 1.3K
    SHARES
  • आजदेखि भृकुटीमण्डपमा पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू,‘कान्छी’ रोबट सार्वजनिक हुने

    काठमाडौँ : आजदेखि काठमाडौँको भृकुटीमण्डपमा २९ औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४ सुरु हुँदै छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना गरिएको हो ।

    क्यान इन्फोटेक २०२४ लाई एस पावर बीपीईले शीर्ष प्रायोजन गरेको छ। ६ वर्षदेखि क्यान महासङ्घ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेनेदार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आइटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति दिँदै आएको छ। यो छात्रवृत्ति यस वर्ष क्यान इन्फोटेकको पहिलो दिन सो छात्रवृत्ति घोषणा हुनेछ।

    नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासङ्घसँगको सहकार्यमा क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुनेछ। यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ।

    सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य सरकारका साथ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा समार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ। क्यान इन्फोटेकमा ब्रान्डिङ, आई सिटी एसेसरिज प्रडक्ट लन्चिङ, सिआईटी करियर काउन्सिलसङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियन व्यवस्था गरिएको क्यान महासङ्घका अध्यक्ष रञ्जित पोदारले बताउनु भयो।  

    यस पटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने महासङ्घले जनाएको छ। इन्फोटेकमा नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सोलुसनलाई प्राथमिकता दिइने क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। यस अन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टल व्यवस्था गरिनेछ। क्यान इन्फोटेक करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

    प्रदर्शनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबल नेटलगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा सोसियो सियो र टिओए सफ्टवेयर कर्प सहकार्य रहेको छ।

    ईसेवा मार्फत क्यान इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि रु १०० र विद्यार्थीका लागि रु ५० शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। 

    क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा एस पावर, सहयोगी प्रायोजकमा एचएमसी/दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टायल अफिस सिस्टम रहेका छन्। त्यस्तै, सिल्भर स्पोन्सरमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम/एनटेक र पिएनवई रहेका छन्।

    प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिसमिडिया नेटवर्क, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ट्रेडिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

    फुड एन्ड बेभरेङ पार्टनरमायाकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसन पार्टनरमा मण्डला सिस्टम प्रालि, स्मार्ट गेट पार्टनरमा बारको नेपाल, सिसिटिभी पार्टनरमा एचएमसी÷दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ