२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, नाफा र ईपीएस दुवै वृद्धि

images

  • २०८० माघ २४, बुधबार
  • 996
    SHARES
  • नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, नाफा र ईपीएस दुवै वृद्धि

    नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात् ईपीएस पनि बढेको छ।

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै बढेको छ।

    कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा १३ प्रतिशतले वृद्धि गरेको देखिन्छ। पुस मसान्तसम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ।

    समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.१३ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेको छ। त्यसै गरी, इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत बढेको छ भने कुल खर्च ९.७० प्रतिशत बढेको छ। पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

    हाल इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने रिटेन अर्निङमा १ अर्ब ३ करोड रुपैयाँ छ। कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। पुस मसान्तसम्म कम्पनीले १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ जुन गत वर्षको भन्दा ७.१३ प्रतिशतले धेरै हो। 

    समीक्षा अवधिमा इन्स्योरेन्सको आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ। गत वर्ष २४ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो भने पुस मसान्तसम्म कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपैयाँ गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ