२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिरिजमा हङकङमाथि नेपालको शानदार जित

images

  • २०८० भदौ ५, मंगलबार
  • 1.3K
    SHARES
  • सिरिजमा हङकङमाथि नेपालको शानदार जित

    भदौं ५,काठमाडौं :मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी हासिल गरेको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

    नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् ।ओपनरका रुपमा गएकी पूजा महतोले १८ बलमा १६ रन जोडिन् । उनी कप्तान क्यारी चानको बलमा बोल्ड हुन पुगिन् । अर्की ओपनर बिन्दु रावल शुन्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू बोल्ड भइन् ।

    तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन जोड्दै मरिको हिलको बलमा बोल्ड भइन् । कप्तान रुबिना क्षेत्री २० बलमा १ चौका सहति १० रनमा मार्यम बीबीको बलमा बोल्ड भइन् । सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।

    हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए । त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९।१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

    नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तैमा प्याक भएको थियो ।

    हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् । डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् ।
    नेपालका लागि ओपनर बलरद्वय कविता कुँवर र पूजा महतोले समान १–१ विकेट लिए । कविताले ४ ओभर बलिङ गरेर १ मेडन सहित १८ रन खर्चिइन् ।

    पूजाले आज डेब्यु खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् । कप्तान रुबिना क्षेत्रीले २ ओभरमा १५ रन खर्चेर १ विकेट तथा इन्दु बर्माले २.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिएका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ