२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१६ घण्टापछि सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक

images

  • २०८० भदौ ५, मंगलबार
  • 736
    SHARES
  • १६ घण्टापछि सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक

    भदौं ५,काठमाडौं: चितवनको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ ।  सोमबार राति करिब ८ बजेतिर खसेको पहिरो सडक डिभिजन भरतपुरले पन्छाएपछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि रातिदेखि सयौं सवारी साधन रोकिएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडियो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा पुगेका थिए।

    रातभर पहिरो पन्छाउने काम गरिएको भएपनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनु भयो ।

    गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका थिए । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गर्नु भयो ।

    उहाँले काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएका थिए। नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ