२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुलुकको आर्थिक समृद्धिको जग कर्णाली : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० भदौ ४, सोमबार
  • 676
    SHARES
  • मुलुकको आर्थिक समृद्धिको जग कर्णाली  : प्रधानमन्त्री प्रचण्ड

    भदौ ४,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कर्णाली मुलुकको समृद्धिको जग बन्ने  बताउनु भएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिको जग कर्णाली हुने बताउनु भयो।

    कर्णालीको जल,जंगल,जडिबुटी,पर्यटनलगायतका प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिको जग कर्णाली बन्ने उहाँको भनाई छ  उहाँले भन्नु भयो, कर्णालीमा अपार प्राकृतिक श्रोत र साधान छन्। यसको सदुपयोगका लागि कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको अभियानमा संघीय सरकार साथ र सहयोगका लागि प्रतिबद्ध छ।

    संघीय सरकार मुलुकको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि कुनै कसुर बाँकी नराख्ने गरी काम गरिरहेको  उहाँले दाबी गर्नु भएको छ। प्रधानमन्त्री  प्रचण्डले कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट आफु  उत्साहित भएको बताउनु भयो।  

    कार्यक्रममा कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने सहिद यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र हरिबहादुर कुवरलाई सम्झिदै नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा बलिदानी गर्ने सबै सहिदलाई सम्मान व्यक्त गर्नु भएको थियो।

    उहाँले  आफू तत्कालै चीन भ्रमणमा जाने भएकाले चीन सरकारसँगको साझोदारीमा कर्णालीको विकास र समृद्धिका लागि ठोस पहल गर्ने जिकिर  गर्नु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ